News Portal

मोरङमै रंगेली अस्पताल उत्कृष्ट, हात्तीपाईले रोगका लागि परामर्श केन्द्र स्थापना

मोरङभरिकै उत्कृष्ट अस्पतालको रूपमा रंगेली अस्पताल रहेको हुनाले स्वास्थ्य सेवा विभागले मोरङ जिल्लाबाट रंगेली अस्पताललाई छनोट गरी यो केन्द्र स्थापना गरेको हो।

रबिन्द्र बराल
३०१ पटक

माघ १७, मोरङ – उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” भन्ने मूल नाराका साथ विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

रंगेली अस्पतालमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष महानन्द मण्डल, अस्पतालका मेसु बसन्त कुमार साह, अस्पताल समितिका सदस्य पुरुषोत्तम काफ्ले, स्वास्थ्य कार्यालय मोरङका राम कुमार लामा, फेयर मेड नेपालका मनिष सुवेदी, शोभा गुरुङ, करुणा फाउन्डेसनका अंकित पाठक, सहारा नेपालका प्रतिनिधि सौरभ बगाले, नरेश सिंह लगायतको सहभागिता रहेको थियो।

रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका लगायत मोरङभरिका हात्तीपाईले प्रभावित अपांगता रोकथाम तथा हेरचाह केन्द्रको स्थापना रंगेली अस्पतालमा गरिएको छ। मोरङभरिकै उत्कृष्ट अस्पतालको रूपमा रंगेली अस्पताल रहेको हुनाले स्वास्थ्य सेवा विभागले मोरङ जिल्लाबाट रंगेली अस्पताललाई छनोट गरी यो केन्द्र स्थापना गरेको हो।

हात्तीपाईले रोगका लागि रंगेली अस्पतालमा विशेष डाक्टर र परामर्शदाता सहित प्रत्येक हप्ताको सोमबार र बिहीबार सेवा प्रदान गरिने कार्यक्रम रहेको जानकारी अपांगता रोकथाम तथा हेरचाह केन्द्रका फोकल स्वास्थ्यकर्मी शेखर राजवंशीले दिएका छन्।

बिरामीहरूले रंगेलीमा परामर्श केन्द्र स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै यसले आफूहरूलाई सहजता प्रदान गरेको बताएका छन्। साथै, भविष्यमा सम्पूर्ण उपचार निःशुल्क गरिनुपर्ने मागसमेत अतिथिहरूसमक्ष राखिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...