१७ माघ, काठमाडौं – तामाङ समुदायले आज माघ शुक्ल प्रतिपदाको अवसरमा सोनाम ल्होछार धूमधामसँग मनाउँदै छन्। नयाँ वर्षका रूपमा लिइने यो पर्वमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
यस वर्ष खरायो वर्ग पूरा भई गरुढ वर्गको सुरुआत भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार १२ जीवजन्तुका नामअनुसार क्रमशः फेरिंदै जान्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजित ल्हो अर्थात् वर्षचक्रअनुसार नयाँ वर्षको स्वागत गरिन्छ।
ल्होछारको अवसरमा समुदायका मानिसहरू भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट, नाचगान तथा परम्परागत परिकार तयार गरी पर्व मनाउने चलन छ। साथै, शुभकामना आदानप्रदान गर्दै सामूहिक रूपमा उत्सव मनाइन्छ। तामाङ समुदायका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिहरूले पनि आ–आफ्ना परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्।
विशेषगरी बागमती प्रदेशका तामाङ बाहुल्य जिल्लाहरूमा ल्होछारको विशेष उल्लास देखिन्छ। काठमाडौं उपत्यकाको टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानमा विशेष कार्यक्रम आयोजना गरी पर्व मनाइँदै छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
