News Portal

नयाँ वर्षको स्वागत गर्दै तामाङ समुदायको सोनाम ल्होछार उत्सव

नयाँ वर्षको स्वागत गर्दै तामाङ समुदायको सोनाम ल्होछार उत्सव धुमधामसँग मनाउँदै छन्।

संगीता गुरुङ
२८८ पटक

१७ माघ, काठमाडौं – तामाङ समुदायले आज माघ शुक्ल प्रतिपदाको अवसरमा सोनाम ल्होछार धूमधामसँग मनाउँदै छन्। नयाँ वर्षका रूपमा लिइने यो पर्वमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।

यस वर्ष खरायो वर्ग पूरा भई गरुढ वर्गको सुरुआत भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार १२ जीवजन्तुका नामअनुसार क्रमशः फेरिंदै जान्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजित ल्हो अर्थात् वर्षचक्रअनुसार नयाँ वर्षको स्वागत गरिन्छ।

ल्होछारको अवसरमा समुदायका मानिसहरू भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट, नाचगान तथा परम्परागत परिकार तयार गरी पर्व मनाउने चलन छ। साथै, शुभकामना आदानप्रदान गर्दै सामूहिक रूपमा उत्सव मनाइन्छ। तामाङ समुदायका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिहरूले पनि आ–आफ्ना परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्।

विशेषगरी बागमती प्रदेशका तामाङ बाहुल्य जिल्लाहरूमा ल्होछारको विशेष उल्लास देखिन्छ। काठमाडौं उपत्यकाको टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानमा विशेष कार्यक्रम आयोजना गरी पर्व मनाइँदै छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...