News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रधानमन्त्री ओली : भ्रष्टाचार नियन्त्रण स्टन्टबाजी होइन, सरकार गम्भीर रूपमा लागिपरेको छ

    प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्।

    संगीता गुरुङ
    ८६ पटक

    माघ १६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित प्रथम युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले सरकारको नेतृत्वमा आफू रहेको बताउँदै कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने र यदि भएको थाहा पाए नियन्त्रण गर्ने स्पष्ट गरे। “भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ। सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ। थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, भए नियन्त्रण गर्छु। यो कुनै स्टन्टबाजी होइन,” उनले भने।

    प्रधानमन्त्री ओलीले पछिल्लो समय आफू र आफ्नी श्रीमती राधिका शाक्यबारे फैलाइएका अफवाहहरूको खण्डन गरे। उनले सामाजिक सञ्जालमा शाक्यको नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर रहेको भन्ने भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाए। “हिजो बिहान फेसबुक हेर्दा कसैले हिन्दीमा भनेका रहेछन्— नेपालका प्रधानमन्त्रीको श्रीमतीको खातामा ४१ करोड डलर छ। यस्तो झूटा कुराले अब त रिस उठ्न पनि छोड्यो, बरु मजा लाग्छ,” उनले टिप्पणी गरे।

    प्रधानमन्त्री ओलीले सरकार इमानदार र निष्ठावान रूपमा भ्रष्टाचार नियन्त्रणमा क्रियाशील रहेको बताउँदै गलत सूचना फैल्याएर जनतालाई भ्रममा पार्ने प्रयास सफल नहुने स्पष्ट पारे।

    प्रतिकृया दिनुहोस्

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...

    निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित...

    कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

    काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।...