News Portal

गेस्ट हाउसको कोठामा युवती मृत फेला, अनुसन्धान जारी

ठमेलस्थित एक गेस्ट हाउसमा आज (आइतबार) बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्।

संगीता गुरुङ
४३८ पटक

माघ १३, काठमाडौं – ठमेलस्थित एक गेस्ट हाउसमा आज (आइतबार) बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका-२६ मा रहेको ड्रेन्किङ इन गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिएकी छन्।

डिएसपी चन्दका अनुसार युवतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...