News Portal

भाटभटेनी सुपरमार्केटको प्रणाली ह्याक गरी कर हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२६९ पटक

माघ ११, काठमाडौँ — भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतका २८ वर्षीय सन्तोष पराजुली र गोरखाका २२ वर्षीय परिन पाण्डेलाई माघ ५ गते चितवनको भरतपुरबाट पक्राउ गरेको हो। दुबैजना चितवनको बिहादी बिजनेस म्यानेजमेण्ट कम्पनीमा कार्यरत थिए।

सिआइबीका अनुसार उनीहरूले भाटभटेनीको प्रणालीमा ‘टुक्का’ लगाएर युजरनेम र पासवर्ड प्रयोग गरी कर दायित्व हेरफेर गरेका थिए। ६ करोड २६ लाख रुपैयाँ तिर्नुपर्ने करलाई बढाएर १३ करोड ९ लाख रुपैयाँ पुर्‍याइएको थियो।

घटनाबारे जानकारी भाटभटेनीका कर्मचारीले आन्तरिक राजस्व विभागमा पुगेपछि पाएका थिए।

सिआइबीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको छ। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको र वास्तविक उद्देश्यबारे थप खुल्न बाँकी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...