News Portal

जनकपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

संगीता गुरुङ
३१० पटक

जनकपुर – मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। जनकपुरको लक्ष्मिनिया गाउँपालिका–१ निवासी यादव कार्यालय जाँदै गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार, ज १ ब ७५५ नम्बरको मोटरसाइकलमा सवार यादवलाई मधेस प्रदेशको २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका यादवलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...