News Portal

प्रधानमन्त्री ओलीको पाल्पा र रूपन्देही भ्रमण स्थगित, भर्चुअल रूपमा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्।

संगीता गुरुङ
२४८ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्।

प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ रहेकाले चिकित्सकहरूको सुझावमा बालुवाटारमै आराम गर्नेछन्। उनका स्थानमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले ती कार्यक्रममा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको स्वर भासिएको र स्वास्थ्य अवस्थामा सुधारका लागि चिकित्सकहरूले आराम गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री ओली सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल-गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, र पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटनका लागि शुक्रबार पाल्पा र रूपन्देही जाने तयारीमा थिए।

प्रधानमन्त्रीको सचिवालयले यसअघि शुक्रबारका सबै कार्यक्रम सार्वजनिक गरिसकेको थियो। तर, स्वास्थ्यका कारण ओलीले भ्रमण स्थगित गरेका छन्। सचिवालयका अनुसार प्रधानमन्त्री ओली ती कार्यक्रममा भर्चुअल रूपमा सहभागी हुनेछन्।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...