News Portal

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध आज पनि बहस हुने

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ।

संगीता गुरुङ
१६४ पटक

काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ।

बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिए पनि पीडित पक्षका दुई वकिलको बहस बाँकी रहेको छ।

रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीका अनुसार आज पीडित पक्ष र लामिछानेका वकिलहरूबाट बहस हुने तय भएको छ। लामिछानेलाई शुक्रबार बिहान १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो।

बिहीबार सरकारी पक्षबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए। साथै, उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए।

आजको सुनुवाइमा पहिलो चरणमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन्। त्यसपछि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका कानुन व्यवसायीले बहस गर्नेछन्।

लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक आदेश सुनाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा रिहा गर्ने निर्णयगर्ने छन्।

 

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...