News Portal

सहकारी अपचलन प्रकरण: रवि लामिछाने रुपन्देहीमा बयान दिन तयार

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्।

संगीता गुरुङ
१७६ पटक

९ माघ, काठमाडौं: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्।

सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा बयान दिन उनी मंगलबार काठमाडौंबाट रुपन्देही पुगेका थिए। यसअघि, उनी कास्कीको सूर्यदर्शन सहकारीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख धरौटीमा रिहा भएका थिए।

सुप्रिम सहकारीमा ८६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। प्रारम्भिक अनुसन्धानमा सहकारीको १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ। यसमा दुई करोड रुपैयाँ लामिछानेको नाममा ऋण दिइएको विवरणसमेत खुलेको छ।

गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टीभी सञ्चालन गर्दै आएको छ, जसमा लामिछानेले १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...