News Portal

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद २०२५ को शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्।

संगीता गुरुङ
२३६ पटक

८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ को अवसरमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको उद्घाटन गरे।

नेपालले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई प्राथमिकतामा राखेर विश्वव्यापी संवाद सुरु गरेको हो। यो कार्यक्रम प्रत्येक दुई वर्षमा आयोजना गरिनेछ।

शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन र हिमाल संरक्षणको महत्त्वबारे चर्चा गरे। उनले जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउँदै आएको बताए।

कार्यक्रममा उपप्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, नेपालस्थित कूटनीतिक प्रतिनिधि तथा उच्च अधिकारीहरूको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...