News Portal

रवि लामिछानेसहित सातजनालाई थुनामै राख्न सरकारी वकिलको माग

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले धरौटीमा छोडेका रवि लामिछानेसहित सातजनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्।

संगीता गुरुङ
२१० पटक

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले धरौटीमा छोडेका रवि लामिछानेसहित सातजनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्।

जिल्ला अदालत कास्कीले सभापति लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, आरती गुरुङ र लिला पछाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता महेश अर्यालले जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उक्त आदेश बदर गरी मुद्धाको पुर्पक्षका लागि थुनामा राख्न सोमबार निवेदन दिएको बताए।

जिल्ला अदालतले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख र अन्य प्रतिवादीलाई विभिन्न रकम धरौटी माग गर्दै रिहा गरेको थियो। तर सरकारी वकिल कार्यालयले आरोपअनुसार बिगो रकमभन्दा निकै कम धरौटी तोकिएको दाबी गरेको छ।

उच्च अदालतले अब जिल्ला अदालतसँग प्रतिवेदन मागेर धरौटी आदेश सदर गर्ने वा प्रतिवादीलाई थुनामा राख्ने निर्णय गर्नेछ।

 

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...