News Portal

सुशान्त केसीको कन्सर्ट फागुन २४ गते भक्तपुरमा हुने

आउँदो फागुन २४ गते (मार्च ८) सुशान्त केसीको कन्सर्ट भक्तपुरमा हुने भएको छ।

संगीता गुरुङ
२३८ पटक

माघ ७, भक्तपुर – चर्चित गायक सुशान्त केसी करिब दुई वर्षपछि नेपालमा कन्सर्ट दिने भएका छन्। आउँदो फागुन २४ गते (मार्च ८) भक्तपुरको सल्लाघारी मैदानमा उनको कन्सर्ट हुने पक्का भएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत कन्सर्टको औपचारिक घोषणा गरिएको हो। पत्रकार सम्मेलनमा गायक केसीले लामो समयपछि काठमाडौं उपत्यकामा कन्सर्ट गर्न पाउँदा उत्साहित भएको बताए। उनले समर्थकहरूको माया आफ्नो प्रेरणा भएको बताउँदै सबैलाई संगीतको यात्रामा सहभागी गराउन उत्साहित रहेको उल्लेख गरे।

‘बार्दली,’ ‘सारङ्गी,’ ‘साथी,’ र ‘आमा’ जस्ता हिट गीतका लागि परिचित सुशान्तले कन्सर्टमा पुराना लोकप्रिय गीतहरूसँगै नयाँ सिर्जनाहरू प्रस्तुत गर्नेछन्। साथै, कन्सर्टकै लागि तयार गरिएको नयाँ गीत पहिलोपटक सार्वजनिक गरिने उनले जानकारी दिए। कन्सर्टका लागि टिकट मूल्य साधारण रु ९९०, फ्यानपिट रु १४९९, र भीआइपी रु २४९९ तोकिएको छ। टिकट खल्ती एपमार्फत उपलब्ध हुनेछ, जसको बिक्री आइतबारदेखि सुरु भइसकेको छ।

आयोजकका अनुसार कन्सर्टमा करिब १५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई सफल बनाउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको छ। आयोजकले टिकटको माग उच्च हुने भएकाले समयमै बुकिङ गर्न दर्शकलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...