
माघ ६, काठमाडौं – नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पछिल्लो सामाजिक सञ्जाल पोस्टले नेपाली क्रिकेटमा चर्चा र कौतुहलता उत्पन्न गरेको छ।
पोस्टमा सन्दीपले क्रिकेट समर्थकप्रति धन्यवाद व्यक्त गर्दै लेखेका छन्, “यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैं मेरो समर्थन गरेका छन्। यो माया र हौसला सदा विशेष रहनेछ।”
यो पोस्टलाई धेरैले ठूलो निर्णयको संकेतका रूपमा लिएका छन्। कतिपयले उनी क्रिकेटबाट सन्यास लिनसक्ने अनुमान गरेका छन् भने केहीले अन्तर्राष्ट्रिय लिगहरूमा ध्यान दिन चाहेको बताएका छन्।
२४ वर्षीय सन्दीपले ५८ एकदिवसीय र ५८ टी२०आई खेलेका छन्। उमेर र अनुभवलाई ध्यान दिँदा सन्यासको सम्भावना कम देखिन्छ। तर, सन्दीपको बयानपछि मात्र वास्तविकता प्रस्ट हुनेछ।
यो बहसले सन्दीपप्रतिको माया र चासो अझै प्रस्ट पारेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
