News Portal

मेयर बालेन शाहको गुनासो: प्रदेश सरकार बलियो बन्न नसकेको आरोप

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्।

संगीता गुरुङ
१७७ पटक

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्। आइतबार बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा शाहले प्रदेश सरकारको कमजोर भूमिकाप्रति असन्तुष्टि जनाए।

शाहले भने, “स्थानीय सरकारका समस्या संघ सरकारसँग भन्नुपर्ने अवस्था छ। यस्तोमा प्रदेश सरकारको औचित्य के हो? सुकुम्बासी समस्या र नदी सुधारजस्ता विषयमा संघ सरकार मात्रै सक्रिय देखिन्छ।”

उनले मनोरञ्जन करका नयाँ दरले महानगरको राजस्व घटाएको भन्दै हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधन गर्न आग्रह गरे।

प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकारबीच संवादको अभावले समस्या उत्पन्न भएको बताउँदै समाधानका लागि पहल गर्ने आश्वासन दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...