News Portal

एमाले–माओवादी तनाब: ओलीद्वारा प्रचण्डमाथि अस्थिरताको आरोप

ओलीले प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्।

संगीता गुरुङ
२२५ पटक

काठमाडौं, पुस २१ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्।

पार्टी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले माओवादी केन्द्रले ‘कोशी’ प्रदेशको विपक्षमा उग्र जातीयतावादी समूहहरूसँग मिलेर अस्थिरता फैलाएको र पूर्वराजावादीहरूसँग नजिकिएको दाबी गरेका छन्।

उनले माओवादी केन्द्रले प्रधानमन्त्रीको चीन भ्रमण र अघिल्लो कार्यकालका सम्झौतालाई विवादित बनाउन खोजेको र वैचारिक विचलन तथा राजनीतिक अस्थिरता देखाएको बताएका छन्।

ओलीले कांग्रेस–एमाले गठबन्धनले अस्थिरतामा रमाइरहेका समूहहरूलाई बेचैनीमा पारेको र आगामी निर्वाचनसम्म सहकार्य दिगो हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...