News Portal

सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछाने सहित ७ जनाको थुनछेक बहस सुरु

पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस आजबाट सुरु भएको छ।

संगीता गुरुङ
२५६ पटक

पोखरा, १४ पुस – पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस आजबाट सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित सात जनाको बयान सकिए पछि थुनछेक बहस सुरु गरिएको हो। कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रवि सहित सबै सात जनाको बयान लिइएको थियो, जसपछि पहिलो दिनको बहस सकिएको छ। आजको बहस पछि सबै अभियुक्तलाई हिरासतमा फर्काइएको छ।

रवि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझेदार लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, र पूर्व सञ्चालक ललित बहादुर गुरुङको पनि बयान लिइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। लामिछाने माथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ। सरकारी वकिलका अनुसार यस प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ, जसमा १९ जनाविरुद्ध संगठित अपराध र केहीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोप लगाइएको छ। थुनछेक बहसको अर्को चरण छिट्टै अघि बढ्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...