
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा मुछिएका सात जनाको बयान मंगलबार जिल्ला अदालत कास्कीमा सकिएको छ।
रवि लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, राम बहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्ण बहादुर गुरुङ र आरती गुरुङले पनि बयान दिएका छन्।
अदालतका स्रेस्तेदार राजन खनालका अनुसार बयान सकिएसँगै आज नै थुनछेक बहस पनि सम्पन्न हुनेछ। यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।
सहकारी ठगी आरोपमा पक्राउ परेका अभियुक्तहरू विरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा समेत थपिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
