News Portal

गाेवरबाट दाउरा कसरी बनाईन्छ ?

हिमाली संचार संवाददाता
९६५ पटक

रबिन्द्र बराल
नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलाे, गाेवर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गरेर हिडेता पनि गरिवर अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेकाे छैन । अहिले पनि गाईगाेरुकाे गाेवरकाे माध्यमबाट दैनिकी छाक टार्ने गुईठा बनाएर प्रयाेग गर्ने गरिव परिवारहरु बाध्य रहेका छन । बिजुलीबाट खाना पकाउने प्रविधि अाएता पनि ग्रामीण क्षेत्रमा अझै पनि परम्परा शैलिमै गाेवरबाट गुईठा बनाउन प्रति महिलाहरु अाकर्षित हुदै गएका छन ।

माेरङकाे दक्षिण भेगमा बसाेवास गर्ने ऋिषिदेव, यादव, मंन्डल, साह, राजवंशी लागायतका बृृृद्ध तथा महिलाहरु अहिले गाई ,गाेेेरु र भैैंसीकाे गोवरबाट गुईठा बनाउन ब्यस्त देेेेखिन हुन थालेका छन । उनिहरुले घरमा पालेकाे गाईगाेरुकाे गाेवरबाट निकै फाईदा लिईरहेका छन । कार्तिक महिना देखि बैसाख महिना सम्म गाईकाे गाेवरबाट बर्षदिन सम्मका लागि गाेेेवरबाट गुईठा बनाएर अाफ्नाे खाना पकाउन दाउराको जाेह गरिरहेका छन । सुनवर्सि नगरपाालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकामा रहेका गरिव तथा निम्न बर्गका अधिकान्स महिलाहरु बिहानै घाम लाग्ने बित्तिकै देखि उनिहरु गाेवरबाट गुईठा बनाउदै गरेकाे देख्न सकिन्छ ।

महिलाहरुले सबैभन्दा पहिले गाेवरलाई पानीमा भिजाएर गिलाे पार्ने गर्दछन र गाेवरलाई पराल वा भुसमा मिसाएर डल्लो पारेर सनपाटबाट निस्केको सन्ठिकाे प्रयाेेेगमा गरेर गाेवरलाई लगाएर घाममा सुकाउने गर्देछन । साे गुईठा १५ दिन भित्र सुकेपछि खाना पकाउने काममा प्रयोग गर्ने गर्देछन । उनिहरुले ६ महिनाकाे अबधिमा बनाएकाे गुईठा पानीबाट सुरक्षित राखेर बर्ष दिन सम्म खाना पकाउने काममा प्रयोग गर्ने गर्दछन ।

मीना ऋिषिदेव भन्छिन घरकाे अार्थिक स्थितिले गर्दे वजारमा पाईने ग्यास चुलाे तथा बिजुलीबाट खाना पकाउने प्रबिधि अाफुहरुले किन्नका लागि नसकेका कारण अाफुले गाेवरकाे गुईठा बनाएर अाफ्नाे घर परिवारलाई खाना पकाउनेे काममा प्रयोग गरिरहेकाे उनले बताईन । उनि त एक पात्र मात्रै हुन उनी जस्तो गरिव परिवारका सयौं घरपरिवारहरु गुईठाकाे प्रयाेग गर्ने गर्दछन ।

सुनवर्सि नगरपालिका ५ मा बसाेवास गर्दे अाएकि ६५ बर्षिया चम्पा देवि ऋिषिदेवका अनुसार गुईठाकाे अागाेवाट खाना पकाउदा स्वादिलो र मिठाे हुने र जाडाे याममा उक्त अागाे चुलाेमा धेरै बेरसम्म रहिरहने र तापन समेत राम्रो हुने उनलेे बताईन ।

गाेवरबाट दाउरा यसरी बनाईन्छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...