News Portal

युरोपबाट दिल्ली ओर्लिदै परराष्ट्रमन्त्री राणा, एस जयशंकरलाई भेट्ने

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमण सकेर सिधा भारतको नयाँ दिल्ली जाने भएकी छन्। हाल युरोप भ्रमणमा रहेकी उनी त्यहाँबाट पुष ४ मा सिधै राजधानी नयाँ दिल्ली जाने बताइएको छ।

परराष्ट्रमन्त्री राणा एउटा शैक्षिक सेमिनारमा सहभागी हुन दिल्ली जान लागेको बताइएको छ। त्यहाँ उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने तय भइसकेको छ।

चीनसँगको परियोजना बीआरआई सम्झौतापछि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने प्रयास गरिएको छ।

यसअघि भारत भ्रमणमा गएकाबेला राणालाई प्रधानमन्त्री सरहको मान्यता दिइएको थियो। यो अनौपचारिक भेटमा विविध प्रकारका राजनीतिक घटनाक्रमबारे कुराकानी हुन सक्नेछन्।

राणाको भेटले केही अर्थपूर्ण र नयाँ विषय सतहमा आउन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...