News Portal

सिरियाली अपदस्थ राष्ट्रपति परिवारसहित मस्को पुगेको खुलासा

हिमालीसंचार संवाददाता
३२८ पटक

एजेन्सी। सिरियाली विद्रोहीले अपदस्थ राष्ट्रपति बसर अल असद चढेको प्लेन खसाएको दाबी फेल खाएको छ। असद मस्को पुगेको औपचारिक खुलासा भएसँगै त्यो दाबी प्रपोगाण्डा भएको पाइएको छ।

रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको परिवार मस्को आएका छन्। उनीहरूलाई रुसले शरण दिएको छ। असद मस्को आएर उच्च अधिकारी भेटे वा भेटेनन् भन्ने कुनै खुलासा भएको छैन।

सिरिया जिहादीको कब्जामा पुगेपछि सिरियाका कूटनीतिक मिसनहरूले जिहादीले राख्दै आएको झन्डा राख्न थालेका छन। राष्ट्रपति असदले देश छोडेर भागे पनि उनका प्रधानमन्त्रीले भने जिहादीलाई औपचारिक सत्ता हस्तान्तरण गरेका समाचार सार्वजनिक भएका थिए।

असदको २५ वर्षे सत्ता कायम हुँदा सिरिया धर्मनिरपेक्ष देश भएकोमा अब इस्लामिक देश हुने देखिएको छ। यसले अन्य धार्मिक माइनोरिटीलाई तनाव हुने देखिएको छ।

भियना मिसनहरूमा नेतृत्व गर्ने रुसका कूटनीतिज्ञ मिखाइल इल्यानोभले असद मस्को आएको र रुसले शरण दिएओ पुष्टि गरे। उनले भने, ‘अमेरिकाले जस्तो आफ्ना मित्रलाई गाह्रो समयमा रुसले धोका दिँदैन।’

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...