News Portal

सिरियाली अपदस्थ राष्ट्रपति परिवारसहित मस्को पुगेको खुलासा

हिमालीसंचार संवाददाता
२५२ पटक

एजेन्सी। सिरियाली विद्रोहीले अपदस्थ राष्ट्रपति बसर अल असद चढेको प्लेन खसाएको दाबी फेल खाएको छ। असद मस्को पुगेको औपचारिक खुलासा भएसँगै त्यो दाबी प्रपोगाण्डा भएको पाइएको छ।

रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको परिवार मस्को आएका छन्। उनीहरूलाई रुसले शरण दिएको छ। असद मस्को आएर उच्च अधिकारी भेटे वा भेटेनन् भन्ने कुनै खुलासा भएको छैन।

सिरिया जिहादीको कब्जामा पुगेपछि सिरियाका कूटनीतिक मिसनहरूले जिहादीले राख्दै आएको झन्डा राख्न थालेका छन। राष्ट्रपति असदले देश छोडेर भागे पनि उनका प्रधानमन्त्रीले भने जिहादीलाई औपचारिक सत्ता हस्तान्तरण गरेका समाचार सार्वजनिक भएका थिए।

असदको २५ वर्षे सत्ता कायम हुँदा सिरिया धर्मनिरपेक्ष देश भएकोमा अब इस्लामिक देश हुने देखिएको छ। यसले अन्य धार्मिक माइनोरिटीलाई तनाव हुने देखिएको छ।

भियना मिसनहरूमा नेतृत्व गर्ने रुसका कूटनीतिज्ञ मिखाइल इल्यानोभले असद मस्को आएको र रुसले शरण दिएओ पुष्टि गरे। उनले भने, ‘अमेरिकाले जस्तो आफ्ना मित्रलाई गाह्रो समयमा रुसले धोका दिँदैन।’

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...