News Portal

  • राजनीतिक कोर्ष बदल्ने बेला आयो : प्रचण्ड

    हिमालीसंचार संवाददाता
    १५८६ पटक

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्नेवेला आएको बताएका छन्।

    माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राखे।

    अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए।

    विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गरे।

    अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो।

    यसैगरी उनले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गरे।

    अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...