News Portal

देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भन्न सकिँदैन : लोहनी

हिमालीसंचार संवाददाता
३३६ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार धेरै समय नटिक्ने टिप्पणी गरेका छन्।

शुक्रबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिने परम्पराबाटै अगाडि बढेकाले यो सरकार भोलि नै ढल्दा पनि आश्चर्य मान्न नहुने बताएका हुन्।

उनले नेपालको संविधानले ५ वर्षको आवधिक सरकारको परिकल्पना गरेको भएपनि दलहरुको कारण अस्थिर बनेको टिप्पणी गरे। उनले देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भनेर भन्न नसकिने बताए।

कांग्रेस–एमाले गठबन्धन भोलि नै टुट्यो भने पनि आश्चर्य मान्नुपर्ने कुरा छैन। नेपालमा स्थिर सरकारभित्र अस्थिरता छ।

५ वर्षको स्थिरत सरकार छ, तर अस्थिर छ, उनले भने, ‘बेइमानी गर्ने र एकले अर्कोलाई धोका दिने त्यो उहाँहरुको परम्परा नै हो। त्यो परम्परा फेरि सुरु नहोला भन्न सकिँदैन। म उहाँहरुलाई चिन्छु। धोकाधाडी हुँदैन भनेर कसरी भन्नु ? पहिला उहाँहरुको रेकर्ड छ।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...