News Portal

बीआरआई सहमतिबारे देउवा अनभिज्ञ, ऋण नलिएको भन्दै ओलीलाई दिए धन्यवाद

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाबारे भएको सहमतिमा अनभिज्ञता प्रकट गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआई परियोजना ऋणमा लिने सहमति नभएको बताए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमतिमा ‘एड फाइनान्सिङ’ शब्द उल्लेख छ। उक्त शब्दले ऋण तथा अनुदान सहायता दुवैलाई जनाउने अर्थविद्हरुले बताउँदै आएका छन्।

नेकपा एमालेका सचिव रघुवीर महासेठले समेत नेपालले बीआरआईको ऋण तथा अनुदान दुवै सहायता स्वीकार गरिसकेको बताएका छन्। तर, सत्तारुढ दलका शीर्ष नेता देउवाले नै प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई ऋणमा लिने सहमति नभएको बताए।

बीआरआई ऋणमा लिने सहमति नगरेको भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनसमेत भ्याए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...