News Portal

बीआरआई सहमतिबारे देउवा अनभिज्ञ, ऋण नलिएको भन्दै ओलीलाई दिए धन्यवाद

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाबारे भएको सहमतिमा अनभिज्ञता प्रकट गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआई परियोजना ऋणमा लिने सहमति नभएको बताए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमतिमा ‘एड फाइनान्सिङ’ शब्द उल्लेख छ। उक्त शब्दले ऋण तथा अनुदान सहायता दुवैलाई जनाउने अर्थविद्हरुले बताउँदै आएका छन्।

नेकपा एमालेका सचिव रघुवीर महासेठले समेत नेपालले बीआरआईको ऋण तथा अनुदान दुवै सहायता स्वीकार गरिसकेको बताएका छन्। तर, सत्तारुढ दलका शीर्ष नेता देउवाले नै प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई ऋणमा लिने सहमति नभएको बताए।

बीआरआई ऋणमा लिने सहमति नगरेको भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनसमेत भ्याए।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...