News Portal

रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगे बाबुराम भट्टराई

हिमालीसंचार संवाददाता
३१६ पटक

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई कास्की पुगेका छन्।

सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन्।

भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन्।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो।

लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ। हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...