News Portal

कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिए – वर्षमान पुन

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी गरेका छन्।

मंगलबार गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रलाई जनताले अनुमोदन गरिदिएको बताए।

कांग्रेस–एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै अफवाह फैलाएको बताउँदै उनले जनताको जनमतले उक्त आरोप खारेज गरिदिएको बताए।

‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं। उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन्। हामीले आफ्नो जनमत देखाएका छौं,’– उनले भने।

माओवादी एक्लै निर्वाचनमा जाँदा जनताले विश्वास गरेको बताउँदै उनले आगामी दिनमा स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा समेत कसैसँगग गठबन्धन र तालमेल नगर्ने गरी अगाडि बढ्ने बताए।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...