News Portal

कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिए – वर्षमान पुन

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी गरेका छन्।

मंगलबार गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रलाई जनताले अनुमोदन गरिदिएको बताए।

कांग्रेस–एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै अफवाह फैलाएको बताउँदै उनले जनताको जनमतले उक्त आरोप खारेज गरिदिएको बताए।

‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं। उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन्। हामीले आफ्नो जनमत देखाएका छौं,’– उनले भने।

माओवादी एक्लै निर्वाचनमा जाँदा जनताले विश्वास गरेको बताउँदै उनले आगामी दिनमा स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा समेत कसैसँगग गठबन्धन र तालमेल नगर्ने गरी अगाडि बढ्ने बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...