News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रामेछापका सिडियोको एक कल फोनले म्यानपावरले गर्‍यो निरबहादुरको पासपोर्ट फिर्ता

    ४२७ पटक

    सिर्जना बस्नेत 
    रामेछाप : रामेछापका निरबहादुर रामले म्यानपावरले जबरजस्ती राखेको पासपोर्ट ७ महिनापछि फिर्ता पाउनुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले गरेको एक कल फोनपछि काठमाडौंको स्काइ अफ द वल्र्ड प्रालिले निरबहादुरलाई पासपोर्ट फिर्ता दिएको हो ।

    निरबहादुरले मलेसिया जान पासपोर्ट दिएपछि म्यानपावरले उहाँसँग ८० हजार रुपैयाँ लाग्ने बताएको थियो । निरबहादुरले सरकारले मलेसियासहित खाडीका देशमा सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेको भन्दै त्यति धेरै पैसा नदिने बताउनुभयो ।

    त्यही क्रममा सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको थाहा पाएपछि आफू नजाने भन्दै पासपोर्ट फिर्ता माग्नुभएको थियो । तर म्यानपावरले सरकारले छिट्टै मलेसिया जान दिने भन्दै फिर्ता गर्न मानेको थिएन ।

    केही महिनापछि म्यानपावरले भिसा आइसकेको भन्दै नजाने भए ३० हजार रुपैयाँ दिनुपर्ने शर्त राखेको थियो । म्यानपावरले पासपोर्ट दिन नमानेपछि उहाँले जिल्ला प्रशासन कार्यालयकै हाताभित्र रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो ।

    केन्द्रको पहलमा म्यानपावरलाई फोन गरेर पासपोर्ट फिर्ता नदिए कारबाहीका लागि विभागमा पत्र पठाउने बताएपछि विनाशर्त म्यानपावरले पासपोर्ट फिर्ता दिएको हो ।

    कतार जाँदा निरबहादुरले पाएको पीडा 

    मलेसिया जान खोज्नुअघि निरबहादुर कतार पुगेर फर्कनुभएको थियो । २७ महिना कतारको तातो घाममा पसिना बगाएर फर्केका निरबहादुरले परदेश नजाने निधो पनि गर्नु भएको थियो ।

    उहाँ  २०७१ सालमा ७० हजार रुपैयाँ बुझाएर कतार पुग्नुभयो । कतार टेक्दै गर्दा आफूलाई हाँसेर स्वागत गरेको जस्तो लागेको थियो निरबहादुरलाई । तर लेबरको काम गर्दा घामले भने गिज्याएजस्तो लाग्यो ।

    परिवारको मायाबाट टाढा कतारमा निरबहादुरले त्यहाँ पुगेको एक महिनामै बुवाले सधैंलाई छोडेर गएको खबर सुन्नुपर्‍यो । ‘५५ डिग्रीको काममा काम गर्दा बरु त्यति पीडा भएको थिएन, बुवाको मृत्युको खबरले सम्हालिनै गाह्रो बनायो’ निरबहादुरले कतारमा छँदाको तीतो क्षण सुनाउनुभयो ।

    उत्साहित भएर गएका निरबहादुरलाई कतारको काम र त्यहाँको वातावरणले गलाउँदै लग्यो । काम गर्ने क्रममा देब्रे हातका दुई वटा औंला मेसिनले काट्यो ।
    दुई वर्षमा नेपाल फर्किँदा निरबहादुरसँग परदेशबाट ल्याएको कोसेली भन्दा दुःखको भारी ठूलो थियो ।

    नेपाल फर्किएर काठमाडौंमा ट्याक्सी चलाएर गुजारा चलाउँदै गरेका निरबहादुरले मलेसियामा राम्रो कामको अवसर आएको कुरा साथीबाट थाहा पाउनुभयो । ‘दुई जना छोरीलाई राम्रो स्कूलमा पढाउन र घर खर्च टार्नलाई ड्राइभरी कामले नधानेपछि मलेसिया जाने सोच बनाएको थिएँ’ निरबहादुर भन्नुहुन्छ ।
    स्काइ अफ द वल्र्ड म्यनपावरमा सेक्युरिटी गार्डको लागि गएको वैशाखमा पासपोर्ट पेश गर्नुभयो । म्यानपावरले ८० हजार रुपैँया मागेको थियो निरबहादुरसँग । जेठ महिनादेखि मलेसिया जान सरकारले रोक लगायो । मलेसिया जान रोक लागेपछि निरबहादुरले म्यानपावरसँग पासपोर्ट फिर्ता माग्नुभयो ।

    तर नदिएपछि उहाँ सूचना केन्द्र पुग्नुभएको हो । केन्द्रकै पहलमा प्रमुख जिल्ला अधिकारीले पहल गरेपछि निरबहादुरले पासपोर्ट फिर्ता पाउनुभयो । ‘म जस्तै कति धेरै पीडित छन् सम्बन्धित ठाउँमा भएका व्यक्तिले यति पहल गरिदिने हो भने हुने रैछ नि’ खुशी हुँदै निरबहादुरले भन्नुभएको उज्यालोअनलाइनमा समाचार छ।

    प्रतिकृया दिनुहोस्

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...

    निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित...

    कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

    काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।...