News Portal

मेयरकै ठेक्का अधुरो, स्थानीय उज्यालोबाट बञ्चित

हिमाली संचार संवाददाता
६६४ पटक

नगेन्द्र उपाध्यय
सुर्खेत : समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँहरू अहिले झिलीमिली भइसक्थे। ६ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत विस्तारको काम साढे तीन वर्षमा पनि पूरा भएको छैन्। विद्युत पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एण्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्र मात्रै होइन्, प्रदेश राजधानी वीरेन्द्रनगरका केही वडा पनि उज्यालोबाट बञ्चित छन्।

२०७२ असार १४ गते विभिन्न १५ वटा गाउँमा विद्युतीकरणको ठेक्का लिएको तारुपरे निर्माण सेवा एण्ड सप्लायर्सका ठेकेदार गोविन्द पुनले दुई पटकसम्म म्याद थप गरे। डेढ वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट सल्यानको बनगाढ–कुपिण्डे नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि भने उनी सम्पर्कमा छैनन्।

२०७२ मंसिरमा सम्पन्न गर्ने गरी पुनले १ करोड ४२ लाख २५ हजार ७३५ रुपैयाँ ४६ पैसामा विद्युत प्राधिकरणसँग सुर्खेतका विद्युत विस्तारको दुई वटा ठेक्का सम्झौता गरेका थिए। आयोजना सम्झौता लगत्तै ठेकेदार पुनले एड्भान्स पेमेन्ट ज्ञारेन्टी (एपिजी) वापत १४ लाख १० हजार रुपैयाँ भुक्तानी लगिसकेका छन्। ‘नगरपालिकाको मेयरमा निर्वाचित हुनुभन्दा अघिसम्म सम्पर्कमा आउँथे’ नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका एक कर्मचारीले भने, ‘निर्वाचित भइसकेपछि हामीलाई टेर्न छोडे।’

प्राधिकरणले ठेक्काको प्रगति विवरणसहित सम्पर्कमा आउन पुनलाई पटक–पटक ताकेता नगरेको होइन्। पद र शक्तिको दुरुपयोग गर्दै उनी सम्पर्कमै आउन मान्दैनन्। ‘अहिलेसम्म २० पटक भन्दा धेरै ताकेता पत्र पठाएका छौं’ विद्युत प्राविधिकरण सुर्खेतका प्रमुख सुरज भण्डारीले भने, ‘न सम्पर्कमा आएका छन्, न पत्रको जवाफ नै दिएका छन्।’ प्राधिकरणले पटक–पटक फोनबाट पनि ताकेता नगरेको होइन्। प्राधिकरण स्रोतका अनुसार उनी कहिले मन्त्रीको नाममा त कहिले राजनीतिक पहुँचवालाको नाममा ‘धम्की’ दिन्छन्। ‘हाम्रो आग्रहलाई उनी मन्त्री र पहुँचवालाको हवला दिँदै उल्टो धम्की दिन्छन्’ एक कर्मचारीले भने, ‘सिंगो नगरपालिकाको नेतृत्वमा रहेको जिम्मेवार व्यक्तिले यस्तो धम्की दिँदा पनि कुनै कारवाही गर्न सकिएको छैन्।’

बनगाढ कुपिण्डे नगरपालिकाका मेयरसमेत रहेका तारुपरे निर्माण सेवा एण्ड सप्लायर्सका सञ्चालक गोविन्द पुनले ६ महिनामा सम्पन्न गर्ने गरेर २०७२ असार १४ गते एक करोड ४२ लाख २५ हजार ७३५ रुपियाँ ४६ पैसामा ठेक्का लिएको विद्युत विस्तारको काम अझै पूरा हुन सकेको छैन्।

सम्झौता अनुसार पुनले २०७२ पुस १४ गतेभित्रै प्याकेज–१ मा १२ किलोमिटर ३०० मिटर र प्याकेज–२ मा १७ किलोमिटर ९०० मिटर विद्युतीकरण गर्नुपर्ने थियो। दुबै प्याकेजको प्रगति शून्य छ। ठेक्का सम्झौता गरेयता उनी फिल्डमा आएका छैनन्। प्राधिकरणका अनुसार प्याकेज–१ अन्तर्गत साविकको जर्वुटा गाविसमा १२, दहचौरमा ११, दशरथपुरमा १०, लेखफर्सामा ३६, सहारेमा ३३, छिन्चुमा २६, नेटामा ३४, साटाखानीमा ४८ र कल्याणमा ३६ वटा पोल गाडेर विद्युतलाइन विस्तारको काम गर्नुपर्ने थियो। यसका लागि पुनले ५८ लाख ५५ हजार ७६१ रुपैयाँ ४७ पैसामा प्राधिकरणसँग सम्झौता गरेका थिए।

यस्तै प्याकेज–२ अन्तर्गत पश्चिम सुर्खेतको कुनाथरीमा ६०, लेखपराजुलमा ४१, रतु–अवलचिङमा ७६, हरिहरपुरमा २३, रतुमा ५२ र गढीमा ४५ विद्युतका पोल र तार विस्तार गर्नुपर्ने थियो। यसवापत उनले ८३ लाख ७० हजार ७३ रुपैयाँ ९९ पैसामा ठेक्का सम्झौता गरेका थिए।

जनप्रतिनिधिसमेत रहेका ठेकेदार पुनले फर्म भाईको नाममा नामसारी गरिसकेकाले पछिल्लो प्रगतिको बारेमा आफूलाई जानकारी नभएको बताए। ‘एक वर्ष भयो फर्म भाईको नाममा गरिसकेको छु’ उनले भने, ‘अहिले कहाँ के काम भइरहेको छ, मलाई जानकारी छैन्।’ उनले ६ महिनामा सम्पन्न गर्ने गरेर विद्युत विस्तारको ठेक्का लिएपनि प्राविधिक कारणले काम गर्न नसकेको स्वीकार गरे। ‘कतिपय प्राधिकरण र केही व्यक्तिगत कारणले उतिबेला काम गर्न सकिएन्’ उनले भने, ‘अहिले मेरो नाममा फर्म नभएकाले यस सम्बन्धी केही पनि जानकारी छैन्।’ उनले आफ्ना भाई डिल्ली पुनको नाममा फर्म नामसारी गरेको जानकारी दिए पनि सम्पर्क नम्वर भने दिन मानेनन्। नागरिकन्युजमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...