News Portal

  • भारतले २४ बर्षपछि गुमायो घरेलु मैदानमा टेस्ट सिरिज

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    काठमाडौं। न्युजिल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट २५ रनले जित्दै सिरिज क्लिन स्विप गरेको छ। योसँगै तीन खेलको सिरिज न्युजिल्यान्डले ३–० ले आफ्नो पक्षमा पार्‍यो।

    भारतमा किवी टोलीले पहिलो पटक टेस्ट सिरिज जित्यो। भारतीय टिमले भने २४ वर्षपछि घरेलु मैदानमा क्लिन स्विप भोग्न बाध्य भयो।

    यसअघि भारतले सन् २००० मा २ खेलको टेस्ट सिरिजमा साउथ अफ्रिकासँग दुवै खेल गुमाएर सिरिज घरेलु मैदानमा क्लिन स्विप भोगेको थियो। तीन या सोभन्दा माथिको टेस्ट सिरिजमा पहिलो पटक भारतले घरेलु मैदानको सिरिजमा क्लिन स्विप भोगेको हो।

    मुम्बईको वांखडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएको थियो। जवाफमा भारतीय टिमले पहिलो इनिङ्समा २ सय ६३ रन बनाएर अलआउट भएको थियो।

    भारतले पहिलो इनिङ्समा २८ रनको अग्रता बनाएको थियो। जवाफमा न्युजिल्यान्ड दोस्रो इनिङ्समा १ सय ७४ रनमै इनिङ्स समाप्त गर्न बाध्य भयो।

    भारतले दोस्रो इनिङ्समा केवल १ सय ४७ रनको सामान्य लक्ष्य पाएको थियो। तर भारतीय टिम केवल १ सय २१ रनमा समेटिएपछि किवी टोलीले एतिहासिक रुपमा सिरिज क्लिन स्विप गर्‍यो।

    भारतको तर्फबाट दोस्रो इनिङ्समा ऋषभ पन्तले सर्वाधिक ६४ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।

    भारतलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका लागि अजाज पटेलले ६ विकेट लिए। अजाजले खेलमा ११ विकेट लिए। उनी प्लेयर अफ द म्याच चुनिएका थिए।

    न्युजिल्यान्डसँगको क्लिन स्विप भोगेको भारत विश्व टेस्ट च्याम्पियनसिपको वरियतामा दोस्रो स्थानमा झरेको छ।

    यो सिरिजअघि भारतले ६२.८२ प्रतिशतसहित शीर्ष स्थानमा थियो। सिरिजपछि ५८.३३ प्रतिशत अङ्कका साथ दोस्रो स्थानमा झरेको हो।

    सिरिजको अङ्कतालिकामा १२ खेल खेलेको अस्ट्रेलिया ९० अङ्क बनाएर ६२.५ प्रतिशत अङ्कका साथ शीर्ष स्थानमा छ।

    १४ खेल खेलेको भारत ९८ अङ्क बनाएर ५८.३३ प्रतिशत अङ्कका साथ दोस्रो स्थानमा रहँदा श्रीलंका ५५.५६ प्रतिशत अङ्कका साथ तेस्रो र न्युजिल्यान्ड ५४.५५ प्रतिशत अङ्कका साथ चौंथो स्थानमा रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...