News Portal

फुकुवा भयो भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौं। काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा ४ र काठमाडौंमा ३ उडान गर्ने प्रतिवद्धता जनाएको थियो।

सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने बताएको छ। ‘अहिले भैरहवामा यात्रु छैनन्। तर, शून्य यात्रु भएपनि भैरहवामा धेरै उडान राख्ने सर्तमा उसलाई उडानको अनुमति दिइएको छ,’ पाण्डेले भने।

नेपालमा यस कम्पनीको उडान व्यवस्थापन गरिरहेको जनरल सेल्स एजेण्टलाई भने प्राधिकरणको कानून अनुसार सचेत गराउने काम भएको उनले बताए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...