News Portal

पदयात्राका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालमाथि आक्रमण

हिमालीसंचार संवाददाता
३४२ पटक

नयाँदिल्ली। पदयात्रामा रहेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ। उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन्।

उनका अनुसार पूर्वमुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए।

मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे। जब अदालतले उनलाई रिहा गर्‍यो। अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ।’

उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन्।

आगामी वर्ष दिल्लीमा विधानसभाको चुनाव छ। तर चुनावको मिति नजिकिन नपाउँदै दिल्लीको राजनीति गर्माएको छ।

चुनावलाई नै लक्षित गर्दै आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका पूर्वमुख्यमन्त्री केजरीवालले शुक्रबार विकासपुरीमा पदयात्रा गरेका थिए। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...