News Portal

पदयात्राका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालमाथि आक्रमण

हिमालीसंचार संवाददाता
२८६ पटक

नयाँदिल्ली। पदयात्रामा रहेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ। उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन्।

उनका अनुसार पूर्वमुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए।

मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे। जब अदालतले उनलाई रिहा गर्‍यो। अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ।’

उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन्।

आगामी वर्ष दिल्लीमा विधानसभाको चुनाव छ। तर चुनावको मिति नजिकिन नपाउँदै दिल्लीको राजनीति गर्माएको छ।

चुनावलाई नै लक्षित गर्दै आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका पूर्वमुख्यमन्त्री केजरीवालले शुक्रबार विकासपुरीमा पदयात्रा गरेका थिए। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...