News Portal

  • डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा १ लाख सहयोग

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    रबिन्द्र बराल : नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् ।

    गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय राई गंभीर घाईते भएकी थिईन् । अनुहारसहित शरीरका अधिकांस भाग पातोपानीले पोलेर खुईलिएको छ । मरणासन्न अवस्थामा पुगेकी राईलाई उपचारका लागि राजधानी पुर्याईएको छ । न्यून आर्थिक अवस्थाको राई परिवारले शुकमायाको उपचारका लागि खर्चको जोहो गर्न नसक्दा उनको ज्याननै जोखिममा परेको थियो । ज्यालामजदुरी गर्दै आएको राई परिवारको पीडा थाहा पाएर डा.शर्माले उनको घरैमा पुगी पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । डा.शर्मा र उनकी आमा होमादेवी न्यौपानेले बिरामी शुकमायाँका ससुरा वीरबहादुर राईलाई रकम हस्तान्तरण गरेका थिए ।

    रकम हस्तान्तरणपछि बोल्दै डा.शर्माले न्यून आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेर समस्या झेल्दै आएका बिरामीलाई आफुले सकेको सहयोग गर्न तत्पर रहेको प्रतिक्रिया दिए । ‘यो क्षेत्रका बिरामीले पैसा अभावकै कारण उपचार गर्न नसकेर मर्नु पर्दैन ।’ डा.शर्माले भने ‘वास्तविक बिपन्न बिरामीलाई उपचारका लागि सक्दो सहयोग गर्नेछु ।’

    उपचारका लागि पैसा नभएर चन्दा उठाउँदै गरेको अवस्थामा डा.शर्माको सहयोगका कारण धेरै राहत मिलेको बिरामी शुकमायाँकी सासु भगिरथी राईले बताईन् । ‘हामी गरिवले समस्या पर्दा भगवान पुर्काथ्यौ । तर, सुनिल वावु साच्चै भगवान भएर आउँनुभयो ।’ उनले भनिन् ।

    डा.शर्माले यसअघि स्तन क्यान्सरबाट पीडित सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि एक लाख सहयोग गरेका थिए । उनले हजारौं बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ८ गतेको राशिफल

    आज असोज ८, २०८२ (सेप्टेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र...

    तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात...

    सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

    काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि...

    काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १...