News Portal

  • परराष्ट्रले चासो नदिँदा माल्टाका नेपालीको पासपोर्ट नवीकरण हुन सकेन

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    माल्टा। परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरणका लागि चासो नदिँदा माल्टामा कार्यरत नेपालीहरू समस्यामा परेका छन्।

    राहदानी नवीकरणलगायतका सेवाका लागि लागि घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको माल्टाका नेपालीहरुको गुनासो छ।

    माल्टाको अस्थायी आवासीय परिचय पाउनका लागि हरेक वर्ष नवीकरण गराउनुपर्ने हुन्छ। यसरी नवीकरणका लागि राहदानीको म्याद ८ महिना बाँकी हुनैपर्ने हुन्छ।

    तर, नवीकरण गराउन नपाउँदा करिब २०० जना अवैधको हैसियतमा रहनुपरिसकेको एनआरएनए मल्टाका अध्यक्ष रेम्स खनालले बताए। सरकारले समयमा आवश्यक व्यवस्था नगरिदिए छिट्टै कैयन नेपालीलाई समस्या पर्ने अवस्था रहेको उनको भनाइ छ।

    राहदानी विभागका डीजी तीर्थराज अर्याल सकारात्मक देखिएपनि परराष्ट्रले नै ठोस निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ। उनले भने, ‘यसबारे परराष्ट्रले तत्काल निर्णय गरेर टोली खटाइदिए समस्याको समाधान हुन्थ्यो। यसबारे हामीले यसअघि नै पत्राचार पनि गरेका थियौँ। तर, रिस्पोन्स हुन सकेको छैन।’

    माल्टालाई नेपाली दूतावास स्पेनले हेर्दै आएको छ। तर, त्यहाँ जनशक्तिलगायतका समस्या रहेकाले तत्काल विभागबाटै टोली खटाइनुपर्ने आफूहरूको धारणा रहेको खनालको भनाइ छ।

    माल्टामा ५ वर्ष काम गरेर बसेपछि अस्थायी आवसायीय सुविधा हुने भएपनि हरेक वर्ष कार्ड रिन्यु गर्नुपर्ने नियम छ। हाल माल्टामा करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ।

    समस्याबारे एनआरएनए माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गर्दै सेप्टेम्बर पहिलो साता नै पत्राचार गरेको थियो।

    विशेष गरी, राहदानी नवीकरण, नयाँ राहदानी आवेदन र अन्य राहदानीसम्बन्धी सेवाहरूको लागि घुम्ती टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...