News Portal

रोजगारीमा अस्ट्रेलिया जानेले ५०० डलर साट्न पाउने

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौँ। अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन्।

हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजगारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन्।

अन्य देश रोजगारीमा जानेले भने २ सय डलरसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन्। अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन्।

अमेरिका, युरोप र जापानमा जस्तै अस्ट्रेलियामा पनि ‘लिभिङ कस्ट’ उच्च भएकाले सटही सुविधा बढाइएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ।

यस्तै अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने भएको छ। अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उद्देश्य के हो भन्ने खुलाउनुपर्ने छ।

त्यसका लागि व्यावसायिक औपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने छ।

विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा पनि बढेको छ। हाल नेपालीले १० हजार अमेरिकी डलरसम्म यस्तो सुविधा पाउँदै आएकोमा अब १५ हजार डलरसम्म पाउने भएका छन्।

परिवर्त्य विदेशी मुद्रा स्रोत भएको कम्पनीमा परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक पाउने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक दिन पाउने भएको छ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।

‘परिवर्त्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्दातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवर्त्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रिएसन सुविधा प्रदान गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...