News Portal

रोजगारीमा अस्ट्रेलिया जानेले ५०० डलर साट्न पाउने

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौँ। अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन्।

हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजगारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन्।

अन्य देश रोजगारीमा जानेले भने २ सय डलरसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन्। अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन्।

अमेरिका, युरोप र जापानमा जस्तै अस्ट्रेलियामा पनि ‘लिभिङ कस्ट’ उच्च भएकाले सटही सुविधा बढाइएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ।

यस्तै अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने भएको छ। अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उद्देश्य के हो भन्ने खुलाउनुपर्ने छ।

त्यसका लागि व्यावसायिक औपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने छ।

विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा पनि बढेको छ। हाल नेपालीले १० हजार अमेरिकी डलरसम्म यस्तो सुविधा पाउँदै आएकोमा अब १५ हजार डलरसम्म पाउने भएका छन्।

परिवर्त्य विदेशी मुद्रा स्रोत भएको कम्पनीमा परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक पाउने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक दिन पाउने भएको छ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।

‘परिवर्त्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्दातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवर्त्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रिएसन सुविधा प्रदान गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...