News Portal

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ। विपतको पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको रास्वपाको ठहर छ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा खेपिरहेका व्यापारीबाट करौडौंको जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको बताएका हुन्।

आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीहरुमा निराशा रहेको भन्दै वक्तव्यमा भनिएको छ, आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार काम चलाउ जस्तो देखिन्छ।

सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन्। यस्तो बेला जनप्रतिनिधि मौन बस्न नमिल्ने भन्दै रास्वपाले संसदको विशेष अधिवेशनका लागि दलहरुलाई अपील गरेको छ।

प्रतिनिधिसभा नियमावली अनुसार कुल सदस्य (२७५) को एक चौथाई (६९) ले राष्ट्रपति समक्ष विशेष अधिवेशन आह्वानका लागि आवेदन दिनसक्छन्। संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारमा लोसपा र नाउपा सरकारमै छ भने जनमतको समर्थन छ।

विशेष अधिवेशन आह्वानका लागि आवेदन दिन समेत विपक्षमा रहेका सबै दल माओवादी (३२), रास्वपा (२१), राप्रपा (१४) र एकीकृत समाजवादी (१०) मिल्नुपर्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...