News Portal

भारत र क्यानडाको दुस्मनी बढ्दै, क्यानेडेली प्रधानमन्त्री ट्रुडोले के भने ?

हिमालीसंचार संवाददाता
३९१ पटक

क्यानडा। भारत र क्यानेडालीकाे सम्बन्ध झनै खराब हुँदै गएकाे छ। खराबी उच्च राजनीतिक तहमै पुगेको छ।

क्यानडाले हालसालै अपराधिक गतिविधी गरेको भन्दै ६ भारतीय कूटनीतिज्ञ निस्काशन गरेको छ। भारतले त्यसै गरेको छ।

कूटनीतिक सम्बन्धलाई दुवै देशले केही तहमा कटौती गरेको सार्वजनिक भइसकेको छ। हालसालै प्रधानमन्त्री ट्रुडोले भनेका छन,‘ मलाई लाग्छ भारतले क्यानडाको भूमिमा क्यानेडालीविरुद्ध अपराध गर्न सकिन्छ भन्ने सोच्नु आधारभूत रुपमै गल्ती हो।’

गत वर्षको जुनमा क्यानडाका शिख नेता हार्दिप सिन्ह निजरको गुरुद्वारा नजिकै हत्या भएको थियो। भारत सरकारको लगानीमा हत्या भएको क्यानेडाली प्रधानमन्त्रीले सार्वजनिक आरोप लगाएका थिए।

शिखलाई अलग राज्य खालिस्तानको माग गर्ने आन्दोलनमा जोडिएको भन्दै उनको हत्या भएको बताइन्छ।

सोही साल हत्या गरिएका शिख सुख्दोल सिंह जिलको हत्यामा पनि भारतकै हात भएको आरोप लाइएको छ। क्यानडामा मात्र होइन अमेरिकामा पनि भारतले शिख नेता मार्न खोजेको सार्वजनिक भएको छ।

गत नोभेम्बरमा शिख नागरिकलाई न्यूयोर्कमा हत्या गर्ने योजनामा भारत सरकार लागेको आरोप लागेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...