News Portal

भारत र क्यानडाको दुस्मनी बढ्दै, क्यानेडेली प्रधानमन्त्री ट्रुडोले के भने ?

हिमालीसंचार संवाददाता
३२९ पटक

क्यानडा। भारत र क्यानेडालीकाे सम्बन्ध झनै खराब हुँदै गएकाे छ। खराबी उच्च राजनीतिक तहमै पुगेको छ।

क्यानडाले हालसालै अपराधिक गतिविधी गरेको भन्दै ६ भारतीय कूटनीतिज्ञ निस्काशन गरेको छ। भारतले त्यसै गरेको छ।

कूटनीतिक सम्बन्धलाई दुवै देशले केही तहमा कटौती गरेको सार्वजनिक भइसकेको छ। हालसालै प्रधानमन्त्री ट्रुडोले भनेका छन,‘ मलाई लाग्छ भारतले क्यानडाको भूमिमा क्यानेडालीविरुद्ध अपराध गर्न सकिन्छ भन्ने सोच्नु आधारभूत रुपमै गल्ती हो।’

गत वर्षको जुनमा क्यानडाका शिख नेता हार्दिप सिन्ह निजरको गुरुद्वारा नजिकै हत्या भएको थियो। भारत सरकारको लगानीमा हत्या भएको क्यानेडाली प्रधानमन्त्रीले सार्वजनिक आरोप लगाएका थिए।

शिखलाई अलग राज्य खालिस्तानको माग गर्ने आन्दोलनमा जोडिएको भन्दै उनको हत्या भएको बताइन्छ।

सोही साल हत्या गरिएका शिख सुख्दोल सिंह जिलको हत्यामा पनि भारतकै हात भएको आरोप लाइएको छ। क्यानडामा मात्र होइन अमेरिकामा पनि भारतले शिख नेता मार्न खोजेको सार्वजनिक भएको छ।

गत नोभेम्बरमा शिख नागरिकलाई न्यूयोर्कमा हत्या गर्ने योजनामा भारत सरकार लागेको आरोप लागेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...