प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलको हातबाट दशैँको टिका

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन्।
शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन्।
साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुगेका थिए।
आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइदिएका हुन्।
प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैँको टिका सर्वसाधारणलाई नलगाइदिने बताए।

















