News Portal

मतदातामाझ रवि लामिछानेले भने- ढुक्क हुनुस्, तपाईँको जनप्रतिनिधि हारेको छैन

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन्। निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए।

उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन गर्ने जिम्मेवारी मलाई छ। म निर्वाचन क्षेत्रमा सधैँ आउन नसकेपछि मलाई तपाईँहरूले त्यसमा छुट दिनुभएको छ। देशमा विपत्ति पर्दा होस् वा अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर राज्यभन्दा पहिला पुगेर झकझकाइरहेको छ। सिंगो देशको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने प्रयास भइरहेको छ।’

उनले चितवनले देखाएको आशा र भरोसालाई आफूले टुट्न नदिने बताए। उनले भने, ‘दुई दुई पटक निर्वाचन गर्नुपर्ने अवस्था विगतमा आइपर्‍यो। तर प्रश्न र जाँचबाट तपाईँको जनप्रतिनिधि भागेको छैन, लुकेको छैन। थाकेको छैन। हारेको छैन। त्यसको जवाफ दिँदै सामना गरेर त्यो परीक्षणको कसीमा आफूलाई उभ्याएर अघि बढेको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...