News Portal

मतदातामाझ रवि लामिछानेले भने- ढुक्क हुनुस्, तपाईँको जनप्रतिनिधि हारेको छैन

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन्। निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए।

उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन गर्ने जिम्मेवारी मलाई छ। म निर्वाचन क्षेत्रमा सधैँ आउन नसकेपछि मलाई तपाईँहरूले त्यसमा छुट दिनुभएको छ। देशमा विपत्ति पर्दा होस् वा अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर राज्यभन्दा पहिला पुगेर झकझकाइरहेको छ। सिंगो देशको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने प्रयास भइरहेको छ।’

उनले चितवनले देखाएको आशा र भरोसालाई आफूले टुट्न नदिने बताए। उनले भने, ‘दुई दुई पटक निर्वाचन गर्नुपर्ने अवस्था विगतमा आइपर्‍यो। तर प्रश्न र जाँचबाट तपाईँको जनप्रतिनिधि भागेको छैन, लुकेको छैन। थाकेको छैन। हारेको छैन। त्यसको जवाफ दिँदै सामना गरेर त्यो परीक्षणको कसीमा आफूलाई उभ्याएर अघि बढेको छ।’

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...