News Portal

हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

हिमालीसंचार संवाददाता
२९० पटक

एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।

आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ।

तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा लेबनान र इरानका स्थानीय मिडियालगायत विभिन्न समाचार एजेन्सीलाई नसरल्लाह जीवित र सुरक्षित रहेको दाबी गरेका छन्।

तर, अहिलेसम्म न इजरायलले यो हमलाको निशाना नसरल्लाह भएको बताएको छ न त हिजबुल्लाहले नसरल्लाहबारे कुनै आधिकारिक जानकारी दिएको छ।

आईडीएफले हिज्बुल्लाहको मुख्यालय सहरको दक्षिणमा रहेको दहियाहमा “आवासीय भवनहरू मुनि” रहेको बताएको छ।

इजरायली सेनाले मुख्यालयमा ‘सटिक आक्रमण’ गरेको बताएको छ।

‘मुख्यालय जानाजानी आवासीय भवनहरूमुनि बनाइएको थियो’, आईडीएफ प्रवक्ता एडमिरल डेनियल हगारीले भने, ‘यो लेबनानका जनतालाई ‘मानव ढाल’का रूपमा प्रयोग गर्ने हिज्बुल्लाहको रणनीतिको एक हिस्सा हो।’

इजरायली सेनाको आक्रमणपछि बेरुतमा धुवाँको मुस्लो देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...