News Portal

हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

हिमालीसंचार संवाददाता
३३७ पटक

एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।

आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ।

तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा लेबनान र इरानका स्थानीय मिडियालगायत विभिन्न समाचार एजेन्सीलाई नसरल्लाह जीवित र सुरक्षित रहेको दाबी गरेका छन्।

तर, अहिलेसम्म न इजरायलले यो हमलाको निशाना नसरल्लाह भएको बताएको छ न त हिजबुल्लाहले नसरल्लाहबारे कुनै आधिकारिक जानकारी दिएको छ।

आईडीएफले हिज्बुल्लाहको मुख्यालय सहरको दक्षिणमा रहेको दहियाहमा “आवासीय भवनहरू मुनि” रहेको बताएको छ।

इजरायली सेनाले मुख्यालयमा ‘सटिक आक्रमण’ गरेको बताएको छ।

‘मुख्यालय जानाजानी आवासीय भवनहरूमुनि बनाइएको थियो’, आईडीएफ प्रवक्ता एडमिरल डेनियल हगारीले भने, ‘यो लेबनानका जनतालाई ‘मानव ढाल’का रूपमा प्रयोग गर्ने हिज्बुल्लाहको रणनीतिको एक हिस्सा हो।’

इजरायली सेनाको आक्रमणपछि बेरुतमा धुवाँको मुस्लो देखिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...