News Portal

सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ।

साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायअनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ, दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

दूतावासले कायरोस्थित दूतावासका द्वीतिय सचिव दीपक घिमिरेलाई ‌+२०१०९७७७२३४८ र तीतृय सचिव माधवराज काफ्लेलाई +२०१००२५०५९९७ नम्बरमा फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

यस्तै, बेरुतस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८१+९६१७१६८८८२१/ +९६१८१८८३७१३ मा फोन गर्न भनिएको छ।

पछिल्लो समय इजरायलले लेबनानको विद्रोही समूह हिज्बुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...