News Portal

राजसंस्था फर्काउन फेरि तम्सियो राप्रपा, दशैंलगत्तै २० हजार कार्यकर्ता सडकमा उतार्ने

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं। राजसंस्था पुर्नस्थापना,हिन्दूराज्य निर्माण र संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एकपटक सडकमा उर्तिेने भएको छ।

राप्रपाका महामन्त्री डा. धवलशमसेर राणाले आज एक सूचना जारी गर्दै आन्दोलनको तयारीमा थाल्न सम्पूर्ण मातहतका निकायलाई निर्देशन दिएका छन्। राप्रपाले दशैं तिहारलगत्तै सडकमा आफ्ना कार्यकर्ता उतार्ने भएको छ।

राणाले मातहतका निकायलाई पठाएको पत्रमा भनिएको छ, राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राष्ट्रिय

प्रजातन्त्र पार्टीले सडक संघर्ष जारी राखेको विदितै छ। यसै सन्दर्भमा केन्द्रीय कार्य समिति, कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६,७४३ वडा प्रत्येकबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु सहयोद्धाहरू काठमाडौंँ केन्द्रित आन्दोलनमा सहभागी गराइनेछ।

आन्दोलनमा सक्रिय हुने सहयोद्धाका लागि राजनीतिक, परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरूमा प्रशिक्षण दिन आन्दोलन परिचालन समितिले असोज ८ गते पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ।

आन्दोलन केन्द्रीत प्रशिक्षण संचालन गर्न केन्द्रीय प्रशिक्षकहरू सबै जिल्लामा पुग्ने राप्रपाले जनाएको छ।

जिल्ला खटिने प्रशिक्षकको टोलीसँग समन्वय गरी मातहत जिल्लामा प्रशिक्षणको लागि आवश्यक प्रबन्ध मिलाउन पनि राणाले कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...