News Portal

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

हिमालीसंचार संवाददाता
२९४ पटक

एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका, युरोपियन युनियन र ११ सहयोगी देशहरूले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गरेका छन्।

उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।

बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहूले अमेरिकासहित इजरायलका अन्य सहयोगी मुलुकले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गर्दै हिजबुल्लाहमाथि आक्रमणको घोषणा गरेका हुन्।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार इजरायली आक्रमणमा परी ९२ जनाको मृत्यु भएको छ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा परी आफ्नो ड्रोन यूनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पुष्टि गरेको छ।

अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले आफ्नो लक्ष्य पूरा नभएसम्म आक्रमण नरोकिने बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...