News Portal

दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

हिमालीसंचार संवाददाता
३१८ पटक

काठमाडौं। चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ।

यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै आएको चीनले पहिलो पटक आफ्नो सीमाभन्दा बाहिर निशाना बनाएको छ।

चिनियाँ मिडियाहरुले मिसाइल हिँडेको क्षेत्रका देशहरुलाई अग्रिम जानकारी दिएको बताएको छ, तर जापानले आफूलाई त्यस्तो जानकारी नभएको सार्वजनिक गरेको छ।

यस अगाडि चीनले सिन्च्याङ प्रान्तको ताक्लामाकाङ क्षेत्रमा यस्ता मिसाइलहरु परीक्षण गर्दै आएको थियो।

पछिल्लो समय चीनले सन् १९८० मा आईसीबीएम परीक्षण गरेको थियो। त्यो समयमा चीनको आईसीबीएसले ९ हजार ७० किलोमिटरको दुरी पार गरेको थियो।

पछिल्लो परीक्षणले कति दुरी पार गर्‍यो र कति लोड बोकेको भन्नेबारेमा खुलाइएको छैन।

रुस र युक्रेन युद्ध, अमेरिका र चीनको बढ्दो शीतयुद्ध तथा हिन्द प्रशान्त क्षेत्रमा बढेको भूराजनीतिक तनावका दौरान चीनले गरेको आईसीबीएम परीक्षण भएकाले यसले विश्व हेडलाइन बनाएको छ।

अझ चीनले झण्डै दुई दशकपछि परीक्षण गरेकोले पनि यसले चासो बढाएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...