News Portal

दुर्गा प्रसाईंले थाले प्रहरी हिरासतमै अनशन

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौं। प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ।

साईबर क्राईममा पक्राउ परेका प्रसाईं क्यान्सर सर्भाईभर हुन्। उनलाई पक्राउ पर्नेबित्तिकै वीर अस्पताल भर्ना गरिएको थियो।

आज सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो। बयानको लागि सरकारी वकिलको कार्यालय लैजाने बेलामा अस्पतालले बयान सकिएपछि पूनः अस्पतालमा ल्याउन भनेको थियो। तर, प्रहरीले उनलाई सिंहदरबारस्थित् प्रहरी वृत्तमा राखेको छ।

प्रसाईंका कानून व्यवसायीहरुले पनि स्वास्थ्यमा समस्या हुँदापनि प्रहरीले लापरवाही गरेको भन्दै आक्रोश पोखेका छन्। उनीहरुले स्वास्थ्यको कारण प्रसाईंको ज्यान नै तलमाथि पर्ने खतरा रहेको औंल्याएको छ। प्रसाईं काठमाडौंको महँगो निजी अस्पताल नभएर सरकारी अस्पताल वीरमा बसेका हुन्।

प्रसाईंले प्रहरी वृत्तमै अनशन थालेका छन्। सरकारले अमानवीय व्यवहार गरेको भन्दै प्रसाईंले प्रहरी हिरासतभित्रै अनशन थालेको उनको परिवारले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...