News Portal

दुर्गा प्रसाईंले थाले प्रहरी हिरासतमै अनशन

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं। प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ।

साईबर क्राईममा पक्राउ परेका प्रसाईं क्यान्सर सर्भाईभर हुन्। उनलाई पक्राउ पर्नेबित्तिकै वीर अस्पताल भर्ना गरिएको थियो।

आज सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो। बयानको लागि सरकारी वकिलको कार्यालय लैजाने बेलामा अस्पतालले बयान सकिएपछि पूनः अस्पतालमा ल्याउन भनेको थियो। तर, प्रहरीले उनलाई सिंहदरबारस्थित् प्रहरी वृत्तमा राखेको छ।

प्रसाईंका कानून व्यवसायीहरुले पनि स्वास्थ्यमा समस्या हुँदापनि प्रहरीले लापरवाही गरेको भन्दै आक्रोश पोखेका छन्। उनीहरुले स्वास्थ्यको कारण प्रसाईंको ज्यान नै तलमाथि पर्ने खतरा रहेको औंल्याएको छ। प्रसाईं काठमाडौंको महँगो निजी अस्पताल नभएर सरकारी अस्पताल वीरमा बसेका हुन्।

प्रसाईंले प्रहरी वृत्तमै अनशन थालेका छन्। सरकारले अमानवीय व्यवहार गरेको भन्दै प्रसाईंले प्रहरी हिरासतभित्रै अनशन थालेको उनको परिवारले जनाएको छ।

प्रतिकृया दिनुहोस्

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...