News Portal

युद्ध नयाँ चरणमा प्रवेश गरेको इजरायलको घोषणा, हिजबुल्लाह भन्छ- बदला निश्चित छ

हिमालीसंचार संवाददाता
३२१ पटक

एजेन्सी। लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न शहरहरुमा बुधबार लगातार दोस्रो दिन पनि इलोक्ट्रोनिक डिभाइसहरु विष्फोट भए। यो पटक ब्लास्टका लागि वाकीटकी प्रयोग भए।

यो विष्फोटमा परी २० जनाको मृत्यु भयो भने ४ सय ५० भन्दा बढी घाइते भए। मर्नेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

यो विष्फोट हुनु एक दिन अघि भएको विष्फोटमा परी १२ जनाको मृत्यु भएको थियो भने २८ सयभन्दा बढी घाइते भएका थिए। यो हिसाबले २ दिनमा लेबनानमा ३२ जनाले ज्यान गुमाए।

लेबनानमा इरानको समर्थनमा रहेको हिजबुल्लाहका लडाकुहरु एक-अर्कासँग कम्युनिकेसनका लागि प्रयोग गर्ने पेजर र वाकीटकी नै विष्फोट भएपछि विश्वभर यो विषयमा चासो बढेको छ।

युद्ध नयाँ चरणमा

इजरायलका रक्षामन्त्री योभ गालान्टले आफूहरु युद्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। लेबनानमा हिजबुल्लाह समूहले प्रयोग गरेको हजारौं पेजरहरू विस्फोट भएपछि गालान्टले यस्तो बयान दिएका हुन्।

पेजर ब्लास्ट १७ सेप्टेम्बरमा भएको थियो र सेप्टेम्बर १८ मा फेरि यस्तै घटना भएको थियो। हिजबुल्लाहले प्रयोग गर्ने वाकीटकी र अन्य इलेक्ट्रोनिक उपकरणहरू विस्फोट भए।

समाचार एजेन्सी रोयटर्सका अनुसार गालान्टले युद्धको नयाँ चरणमा प्रवेश गरेको बताए। उनले भने,’हामी चरणबद्ध रूपमा योजना बनाइरहेका छौं’ उनले थपे,’हरेक पटक, हिजबुल्लाहले ठूलो मूल्य चुकाउनु पर्ने छ।’

उनले इजरायलको शिन बेट र गुप्तचर निकाय मोसादको प्रसंशा गरे। त्यस्तै इजरायली सेना प्रमुख हार्जी हालेवीले आफूसँग अझै पनि धेरै ‘शक्तिहरू’ रहेको बताएका छन्, जुन आफूले प्रयोग नगरेको दाबी गरे।

हिजबुल्लाह भन्छ,- बदला निश्चित छ

लेबनानका आन्तरिक सुरक्षा बलहरूले देशभरि धेरै ताररहित सञ्चार उपकरणहरू विस्फोट भएको बताए। विशेषगरी बेरुतको दक्षिणी क्षेत्रहरु जहाँ हिजबुल्लाहको गढ मानिन्छ। हिजबुल्लाहले विष्फोटको लागि इजरायललाई दोष दिँदै बदला लिने वाचा गरेको छ।

स्रोतलाई उद्धृत गर्दै रोयटर्सले यस आक्रमणको पछाडि मोसादको हात रहेको बताएको छ। मोसाद इजरायलको गुप्तचर निकाय हो। धेरै महिनाको योजनापछि मोसादले ५ हजार पेजरमा विस्फोटक पदार्थ राखेको बताइएको छ।

इरानको समर्थन रहेको हिजबुल्लाह गत वर्ष अक्टोबरमा गाजा युद्ध सुरु भएदेखि इजरायलसँग युद्धरत छ।

हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ अधिकारी मारिएपछि समूहले सावधानीका रूपमा आफूलाई मोबाइल फोनबाट टाढा राखेको थियो। र आफ्ना सदस्यहरुलाई आफैले बनाएको दूरसञ्चार प्रणाली प्रयोग गर्न आग्रह गरेको थियो। उसले इजरायलसँगको बदला निश्चित रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...