News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • युद्ध नयाँ चरणमा प्रवेश गरेको इजरायलको घोषणा, हिजबुल्लाह भन्छ- बदला निश्चित छ

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    एजेन्सी। लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न शहरहरुमा बुधबार लगातार दोस्रो दिन पनि इलोक्ट्रोनिक डिभाइसहरु विष्फोट भए। यो पटक ब्लास्टका लागि वाकीटकी प्रयोग भए।

    यो विष्फोटमा परी २० जनाको मृत्यु भयो भने ४ सय ५० भन्दा बढी घाइते भए। मर्नेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

    यो विष्फोट हुनु एक दिन अघि भएको विष्फोटमा परी १२ जनाको मृत्यु भएको थियो भने २८ सयभन्दा बढी घाइते भएका थिए। यो हिसाबले २ दिनमा लेबनानमा ३२ जनाले ज्यान गुमाए।

    लेबनानमा इरानको समर्थनमा रहेको हिजबुल्लाहका लडाकुहरु एक-अर्कासँग कम्युनिकेसनका लागि प्रयोग गर्ने पेजर र वाकीटकी नै विष्फोट भएपछि विश्वभर यो विषयमा चासो बढेको छ।

    युद्ध नयाँ चरणमा

    इजरायलका रक्षामन्त्री योभ गालान्टले आफूहरु युद्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। लेबनानमा हिजबुल्लाह समूहले प्रयोग गरेको हजारौं पेजरहरू विस्फोट भएपछि गालान्टले यस्तो बयान दिएका हुन्।

    पेजर ब्लास्ट १७ सेप्टेम्बरमा भएको थियो र सेप्टेम्बर १८ मा फेरि यस्तै घटना भएको थियो। हिजबुल्लाहले प्रयोग गर्ने वाकीटकी र अन्य इलेक्ट्रोनिक उपकरणहरू विस्फोट भए।

    समाचार एजेन्सी रोयटर्सका अनुसार गालान्टले युद्धको नयाँ चरणमा प्रवेश गरेको बताए। उनले भने,’हामी चरणबद्ध रूपमा योजना बनाइरहेका छौं’ उनले थपे,’हरेक पटक, हिजबुल्लाहले ठूलो मूल्य चुकाउनु पर्ने छ।’

    उनले इजरायलको शिन बेट र गुप्तचर निकाय मोसादको प्रसंशा गरे। त्यस्तै इजरायली सेना प्रमुख हार्जी हालेवीले आफूसँग अझै पनि धेरै ‘शक्तिहरू’ रहेको बताएका छन्, जुन आफूले प्रयोग नगरेको दाबी गरे।

    हिजबुल्लाह भन्छ,- बदला निश्चित छ

    लेबनानका आन्तरिक सुरक्षा बलहरूले देशभरि धेरै ताररहित सञ्चार उपकरणहरू विस्फोट भएको बताए। विशेषगरी बेरुतको दक्षिणी क्षेत्रहरु जहाँ हिजबुल्लाहको गढ मानिन्छ। हिजबुल्लाहले विष्फोटको लागि इजरायललाई दोष दिँदै बदला लिने वाचा गरेको छ।

    स्रोतलाई उद्धृत गर्दै रोयटर्सले यस आक्रमणको पछाडि मोसादको हात रहेको बताएको छ। मोसाद इजरायलको गुप्तचर निकाय हो। धेरै महिनाको योजनापछि मोसादले ५ हजार पेजरमा विस्फोटक पदार्थ राखेको बताइएको छ।

    इरानको समर्थन रहेको हिजबुल्लाह गत वर्ष अक्टोबरमा गाजा युद्ध सुरु भएदेखि इजरायलसँग युद्धरत छ।

    हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ अधिकारी मारिएपछि समूहले सावधानीका रूपमा आफूलाई मोबाइल फोनबाट टाढा राखेको थियो। र आफ्ना सदस्यहरुलाई आफैले बनाएको दूरसञ्चार प्रणाली प्रयोग गर्न आग्रह गरेको थियो। उसले इजरायलसँगको बदला निश्चित रहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...