News Portal

कार्यक्रम बिथोल्न म बिरुद्ध पक्राउ पूर्जी : दुर्गा प्रसाईँ

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेकाे र्‍याली बिथोल्न सरकारले आफूबिरुद्ध पक्राउ पूर्जी लिएकाे आरोप लगाएका छन्।

उनले देशसञ्चारसँग कुरा गर्दै बिहीबारको कार्यक्रम बिथोल्न सरकारले आफूबिरुद्ध षड्यन्त्र गरेकाे बताएका छन्।

विद्युतीय कारोबार ऐनकाे व्यवस्था उल्लंघन गरेकाे आरोपमा प्रसाईँलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो। उनीसँग जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएकाे हाे।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार उनीमाथि विद्युतीय काराेबार ऐनकाे व्यवस्था उलंघन गरेको आराेप छ।

प्रसाईँले आफू काठमाडाैँमै रहेकाे पनि बताए। उनले संविधान दिवसमा अवसरमा बिहीबार सर्लाहीको लालबन्दीमा र्‍याली गर्ने तयारी गरेका थिए। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। न्यायाधीश महेन्द्र काफ्लेकाे इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएकाे हाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...