News Portal

ढाकाबाट हङकङ आउँदै गरेको क्याथेको जहाजमा एक यात्रुको मृत्यु

हिमालीसंचार संवाददाता
५११ पटक

हङकङ। ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ।

बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको हङकङ प्रहरीले जनाएको छ।

उनलाई अधिकारीहरूले घटनास्थलमै मृत घोषित गरेका थिए। मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

विमानस्थल प्राधिकरणका अनुसार स्थानीय समय बिहान २ बजे ढाकाबाट उडेको उक्त जहाज बुधबार बिहान ७:४९ मा हङकङ अवतरण गरेको थियो।

डेढ हप्ताअघि पनि हङकङबाट भारतको मुम्बईका लागि तय भएको क्याथेकै उडानमा बेहोस भएका जर्मन यात्रुको मृत्यु भएको थियो।

७१ वर्षीय ती जर्मन नागरिक जहाजले उडान भर्नुअघि बेहोस भएका थिए। एयर क्रुको प्राथमिक उपचारपछि अस्पताल लगिएका उनलाई मृत घोषित गरिएको थियो। – एससीएमपीबाट।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...