News Portal

नेपाली सेनासँग अभ्यास गर्न काठमाडौं आइपुग्यो अमेरिकी सेना

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौँ। नेपाली सेनासँग संयुक्त अभ्यास गर्न संयुक्त राज्य अमेरिकी सेनाको एक टोली नेपाल आइपुगेको छ। प्यासिफिक एन्जल नाम दिइएको संयुक्त अभ्यास भदौ ३० मा सुरू भएर असोज ४ मा सकिनेछ।

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ।

जंगी अड्डाका अनुसार, काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा विभिन्न अभ्यासहरू सञ्चालन हुनेछन्। १२ वर्षअघि सुरू भएको अमेरिकासँगको यस्तो अभ्यासको यो चौथो संस्करण हो।

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आइरहेका छन्।

यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...