News Portal

देउबासहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं। बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।

पार्टीको जिल्लास्तरीय कार्यक्रममा रहेका प्रचण्ड आज बिहान मात्रै काठमाडौं आइपुगेका थिए। ओली र प्रचण्डको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए।

सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर राना र प्रचण्डको उपस्थिति निश्चित नरहेको सो बैठक भोलिसम्मका लागि सारिएको थियो।

आजको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद् बैठक तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमणलगायत विषयमा कुराकानी भएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...