आज : २०२६-०७-२७, सोमबार

विवादित मन्त्री बादशाह कुर्मीले दिए राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्।

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका कांग्रेस सांसद तथा मन्त्री कुर्मीले‍ मंगलबार राजीनामा दिएका हुन्।

आरोपति व्यक्ति मन्त्री भएपछि कांग्रेसभित्रै विरोध भएको थियो। चौतर्फी विरोध भएपछि कांग्रेसले कुर्मीलाई राजीनामा दिन निर्देशन दिएको थियो।

गत निर्वाचनमा उनी बाँकेको निर्वाचन क्षेत्र नं ३ (२) बाट विजयी भएका थिए।