News Portal

एनआरएनएको आरके शर्मा पक्ष एकजुट बनेपछि बद्री समुहमा तरंग

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौ। सर्वोच्च अदालतको दोस्रो फैसलापछि फेरि बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको बद्री केसी पक्षको आगामी दिन चुनौतिपूर्ण हुने भएको छ। एनआरएनएभित्रको ८० प्रतिशत अभियन्ताहरु एकजुट बनेपछि सानो समूहमा रहेको बद्री केसी पक्षले आधिकारिक दाबी गर्दै सचिवालय हाँकेपनि आगामी दिन चुनौतीपूर्ण देखिएको हो।

केसी विरोधी समूहले आरके शर्माको नेतृत्वमा विगतमा गतिविधि गर्दै आएकोमा चैत २१ मा सर्वोच्चको फैसलाअनुसार मौन रहँदै आएको थियो। तर सर्वोच्चले १० औँ र ११ औँ महाधिवेशनलाई वैध ठहर गरेर शेष घलेको नेतृत्वमा चुनाव गर्न आदेश दिएपछि सर्वोच्चले त्यसको चार महिनापछि फेरि बद्री केसीलाई राहत हुने गरी फैसला गरेको थियो।

अदालतको दोस्रो फैसलाको करिब एक महिनापछि फेरि आरके शर्मालाई ११ औँ महाधिवेशनमा अध्यक्ष बनाउन भूमिका खेल्ने समूह एकजुट हुँदै बद्रीलाई नमान्ने निर्णय गरेपनि बद्री दबाबमा पर्नुका साथै सो समूहमा तरंग उत्पन्न भएको हो।

११ औँ महाधिवेशनमा बद्री केसीले भेरो भोटिङ सिस्टम ह्याक गरेर चुनाव आफ्नो पक्षमा पारेको आरोप लागेपछि अध्यक्षका प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठ एकजुन हुँदै केसीलाई नमानी आरकेको नेतृत्वमा नयाँ कमिटी बनाएका थिए। आरकेको नेतृत्वमा कमिटी बनाउन ८० प्रतिशत एनआरएनको साथ रहेको बताइन्छ।

अहिले अदालतको बलमा सानो समूहले आधिकारिकता दाबी गरिरहँदा शर्मा समूहले पनि सबै उपाय अपनाएर बद्रीलाई गलाउने रणनीति बनाएको छ। यस्तो अवस्थामा एमाले निकटका बद्रीलाई कांग्रेस र माओवादी निकटका विरोधी समूहले त्यसै नछाड्ने अवस्था रहेको एक अभियन्ताले बताए। यही बुझेर बद्री केसीमा छटपटाहट बढेको बताइएको छ।

११ औँ महाधिवेशनबाट उपाध्यक्षमा विजयी भएपनि निर्वाचनमा धाँधली भएको दाबी गर्दै पद अस्वीकार गरेका डा. केशव पौडेलले आफूहरूले अहिलेसम्म बद्री केसी नेतृत्वको कमिटी नमानेको बताए।

उनले एनआरएनएलाई सहमति, सहकार्य, एकता र सहअस्तित्वका आधारमा चलाउन आवश्यक भएको प्रतिक्रिया दिए। बद्री केसीइतरका समूहको काठमाडौँमा बसेको बैठकले शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्छ भन्ने निष्कर्ष निकालेको उनले बताए।

‘हामीले अहिलेसम्म अर्को कमिटी (केसीको नेतृत्व) लाई मानेको पनि छैन। अदालतले जुन किसिमको फरक दुई वटा निर्णय गरेको छ। त्यो निर्णयबाट एनआरएनए मुभमेन्टलाई असर परेको छ’, उनले भने, ‘आउने दिनमा चैँ फेरि अदालतले निर्णय सच्याएर पठाउनुपर्छ। हैन भने सबै मिलेर सहमति र सहकार्यका आधारमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ।’

उनले नेपाल बसाइका क्रममा आफूहरूले विभिन्न दलका नेताहरूसँग पनि भेटेको खुलाउँदै सबैको सुझाव एनआरएनए एक भएर चल्नुपर्छ भन्ने रहेको बताए। तर, बद्री केसी पक्षका अभियन्ता हेमराज शर्माले समझदारीका लागि आफूहरुले देखाएको संयमतालाई कमजोरीको रूपमा लिन नहुने बताए।

बद्रीलाई नमान्ने शर्मा पक्षको निर्णयबारे आइतबार प्रतिक्रिया जनाउँदै उनले नेपालको पुरानो लोकतान्त्रिक दलमा रहँदा र अमेरिका, युरोप र बेलायतमा पुग्दा पनि कांग्रेसका निकटकाहरुले गज्जबको संस्कार सिकेको पाएको भन्दै उनले व्यंग्य गरे। उनले शेष घलेलाई टुप्पोमा पुर्याएर फेद काटेर आफू फल खान दौडिने र अहिले फेरि उनकै फेरो समात्न नमिल्ने पनि उनको टिप्पणी छ।

शर्माले यस्तो टिप्पणी गरेपनि केसी पक्षकै अर्का अभियन्ताले शर्मा पक्षको निर्णयले बद्रीलाई बेचैन बनाएको दाबी गरे। यसबारे छिट्टै टिममा छलफल गरेर अघि बढ्ने पक्षमा केसी रहेको उनको भनाइ छ। जनसवालबाट।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...